हिन्दू धर्ममाथि गहिरो प्रहार गरिएको छ

३ बैशाख २०७६, मंगलवार १७:३८

बिष्णुप्रसाद शर्मा ,

धर्म फाल्नुको कारण

पछिबाट कसैले ल्याएर जोडिदिएको नभई परम्परादेखि चल्दै धानिदै आएको संसारभरिको एकमात्र धर्म हिन्दू धर्मलाई आजका दिनहरुमा आएर हिन्दूहरुकै हातबाट बध हत्या गर्नुको कारण अरु केहि नभएर इशाई मिशनरी नै हो । हिन्दू धर्म कसैका लागी घाँडो भएको थिएन । हिन्दू धर्मले अरु धर्मप्रति बाधा पुयाउने काम पनि गरेन । अरु धर्महरुको जस्तो भड्किलो काम लगायत खर्चिलो भएको पनि थिएन र ढुंगा वा रुखहरुमा पूजा गरेरै भए पनि सानो ठूलो धनी गरिव सवैको पहुँचमा चल्दै आएको थियो । न यो धर्मले अरु धर्मावलम्वीलाई बाध्य बनाएर हिनदू धर्म नै मान्नु पर्दछ भनेर भनेकै थियो । केवल राजसंस्थासंग हिन्दू धर्म नजिक रहन पुगेकै कारणले गर्दा बहुमत हुँदा हुँदै पनि दलगत स्वार्थताले गर्दा यो धर्मका अनुवाइहरु समेतले भोलीका दिनहरुको कल्पनासम्म गर्ने इच्छा नगरेर लोभ र स्वार्थतावश नियम कानून र वैधतासमेतलाई तिलाञ्जली दिंदै हिन्दूहरुको छातिमा जसरी बज्र प्रहार गरिएको छ , त्यो बज्र प्रहारको गहिरो चोटको सम्झना गर्ने उत्तराधिकारीहरुले पनि बदला त लेलान् नै , टुप्पी काटेर जनै लगाएका छौ भन्र्ने दुस्सानहरुले भने केही समय पछि नै ठूलो मूल्य चुकाउनुपर्ने छ । राष्ट्रियता र राजनीति हिजो र आज पुस्तकबाट साभार