हिन्दु राज्यको माग गर्दै राप्रपाले आज स्थानीय तहका कार्यालयमा धर्ना दिने

२८ चैत्र २०७५, बिहीबार १२:५२

काठमाडौं , हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राप्रपाले आज देशैभरी स्थानीय तहको कार्यालय अगाडि धर्ना दिने भएको छ । राप्रपाका अध्यक्ष कमल थापाले बिहान ट्विट गर्दै भनेका छन्, ‘‘हिन्दु राष्ट्र पुनस्र्थापना लगायत मागहरु पूरागर्न सरकारलाई दवाव दिने उद्देश्यले राप्रपाको जारी जनसंघर्ष अन्तर्गत आज देशभर स्थानीयतहको कार्यालय अघि धर्ना कार्यक्रम रहेको छ। काठमाडौं महानगरपालिकाको धर्नामा म आफै २बजे सहभागी हुंदैछु । तपाईंको सदभाव, ऐक्यबद्धता र सहभागिताको अपेक्षा गरेको छु ।’’