हावाहुरी बाट प्रभावित जनतालाई गैर आवासीय नेपाली संघ बेल्जियमले सहयोग गर्ने

१९ चैत्र २०७५, मंगलवार १६:११

काठमाडौं , गैर आवासीय नेपाली संघ एनआरएनए बेल्जियमले हावाहुरी प्रभावीतको लागि १ लाख ५० हजार रुपैया“ राहत स्वरुप तत्काल सहयोग गर्ने बताएको छ । एनआरएन बेल्जियम अध्यक्ष लोक प्रसाद दाहाले एक बिज्ञप्ति जारी गर्दै सो सहयोगको घोषणा गरेका हुन् । एनआरएनबाट सहयोग घोषणास“गै विभिन्न क्षेत्रबाट सहयोग संकलन अभियान शूरु गरिएको हो ।

विभिन्न संघसंस्था तथा ब्यक्तीहरुबाट सहयोग उठ्ने क्रम जारी रहेको र लगभग ८ लाखको हाराहारीमा सहयोग उठाउने लक्ष्य लिइएको अध्यक्ष दाहालले बताए । बिज्ञप्तिमा भनीएको छ, ‘ नेपालमा दैवी प्रकोपबाट निकै ठुलो मानवीय क्षती भएकोले आपत्कालीन सहयोगको लागी एनआरएन बेल्जियमले रू १ लाख ५० हजारको सहयोग गर्दै बेल्जियम स्थित सम्पूर्ण संघ संस्थाहरू सँगे सहयोगको आवहान गर्दछौ ।

सहयोग एनआरएन बेल्जियमले बेल्जियम कै नामबाट बितरण गरिने छ ।’ आइतबार बारा र पर्सामा आएको हावाहुरीका कारण दर्जनौको मृत्यु र सयौको घाइते हुनुको साथै हजारौको संख्यामा सर्वसाधारण पीडित बनेका छन् ।