राहत सामाग्री बोकेर वाईसीएल हावाहुरी प्रभावित क्षेत्रमा

१९ चैत्र २०७५, मंगलवार १०:०६

बारा , नेकपाको भातृसंगठन वाईसियल नेपाल राहत सामग्री बोकेर बाराको हावाहुरी प्रभावित क्षेत्रमा पुगेको छ । मंगलबार बिहानै वाईसियलका अध्यक्ष राम प्रसाद दीपशिखाको नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेको हो । देशैभरका संगठनका सदस्यहरूबाट सहयोग संकलन गरी प्रभावित क्षेत्रमा वितरण गर्न लागेको अध्यक्ष दीपशिखाले बताए ।