राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी चीन प्रस्थान

११ बैशाख २०७६, बुधबार १३:२८

काठमाडौँ , नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्नु भएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी चीन प्रस्थान गर्नु भएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उहाँलाई विदाई गर्न उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगाएत अन्य उच्च अधिकारीहरु पुग्नु भएको थियो ।

चिन भ्रमणका लागि राष्ट्रपति भण्डारीको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट प्रस्थान गरेको छ । राष्ट्रपति भण्डारीलाई चीनले बेइजिङमा स्वागत गर्ने तयारी छ । चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।