मुलुकको संरक्षण कसले गर्ने त ?

३० चैत्र २०७५, शनिबार ११:२६

बिष्णुप्रसाद शर्मा,

नेपाल अधिराज्यमात्र नभएर हिन्दू अधिराज्य हो , यो देश । यहाँका ९४प्रतिशतले हिन्दू धर्मको परम्परा र पौरस्त्य संस्कारलाई पालन गदै आइराखेका छन । तर , यहाँका दलहरुले धर्मनिरपेक्ष भनेर गिज्याउने काम मात्रै गरेनन् सवै नेपाली जनतालाई हेला र होचोका हिसावले हेरिराखेको अवस्था छ र राजनीतिले थिलथिलो भएको मुलुक पश्चिमा हालाले बत्तिन थालेको अवस्थामा मुलुकलाई जोगाउन धौ धौ परेको छ । दलका जिम्मेवार भनाउँदा भद्र भलाद्मीहरु कन्ननी नै नलगाउने भएकाले लँगौटी खुस्केको चाल पाउने अवस्ता छैन । सार्वभौम , स्वाधीनता र स्वधर्मको रक्षा गदै स्वतन्त्र नेपाल जोगाउन सक्ने केवल जनतामात्रै बाँकी रहेको अवस्था छ । मुलुक संरक्षणमा जनता नै जुटनु पर्ने भएको छ र डामिएका नेताहरुलाई पछाडी राख्न सक्नु पर्ने बाध्यताले घचघच्याइसकेको तथ्यलाई बिर्सन कदापी हुँदैन । नेपाली समाजलाई मात्र होइन , नेपाललाई नै पश्चिमालगायतका देशहरुले कब्जामा लिएर बीर गोर्खाली भनेर चिनिएका जनतालाई नै हेला र होचो देखाउने काम भइराखेको अवस्थालाई छिचोलेर अगाडी बढनु पर्ने समयले हामीलाई थिचिसकेको हुँदा सवै नेपाली नागरिकले बुझनु परेको छ कि हामीले नै यो मुलुकको संरक्षण गर्नुपर्दछ र वीरताको पदवी पनि जोगाउनु दोस्रो बलिदानी दिनु पर्ने बाधयता छ । पहिलो बलिदानी राष्ट्र निर्माता स्व श्री ५ पृथ्वीनारायण शाहले दिएका थिए र नै हामी नेपाली भनेर चिनिएका हौ ।
राष्ट्रियता र राजनीति हिजो र आज पुस्तकबाट साभार गरिएको हो ।