नेपाली काँग्रेसका केन्द्रीय नेताहरु बुटवलमा

७ बैशाख २०७६, शनिबार १६:०७

काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय नेताहरु बुटवल गएका छन ।रुपन्देहीमा साविको ४ नम्बर निर्वाचन क्षेत्रको भेलामा सम्बोधनका लागि शनिबार नेताहरु त्यहाँ गएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलेसहित आधा दर्जन नेताहरु बुटवल गएको स्रोतले बताएको छ । वरिष्ठ नेता पौडेलसहित नेताहरु अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, डा चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे र बद्रि पाण्डेले कार्यक्रमको सम्बोधन गर्ने जनाइएको छ ।