नेकपाले छान्यो जिल्ला अध्यक्ष र सचिव

९ बैशाख २०७६, सोमबार १८:१४

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकता भएको ११ महिनापछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार दिनभरको छलफल तथा गृहकार्यपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेको हो । नेकपा सचिवालय बैठकले यसका लागि नयाँ मापदण्ड नै तय गरेको थियो ।