धुर्मुस र रवि लामिछाने राहत बाँड्दै

१९ चैत्र २०७५, मंगलवार ११:०२

काठमाडौं , बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि कलाकार सीताराम कट्टेल धुर्मुस र पत्रकार रवि लामिछानेको टोली राहत वितरणमा क्रियाशील देखिएको छ ।

आईतबार रातिको हावाहुरीले घरबारविहीन भएर विचल्ली परेकाहरूलाई उनीहरुले राहत वितरण थालेका हुन् । आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउन्डेसनले चामल, त्रिपाल र चाउचाउ बाँडेको छ ।

यो राहत आँधीबाट अति प्रभावित भएको फेटा गाउँपालिकामा पुर्याएर गाउँपालिकाका अध्यक्ष अमिरिलालप्रसाद शाहलगायतका प्रतिनिधि मण्डलको रोहबरमा हस्तानान्तरण गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।चर्चित पत्रकार रवि लामिछानेको टोलीले पनि राहत वितरण गरेको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बिरामीको अवस्था बुझ्न अस्पतालहरूमा गएको, केही दिनका लागि पुग्ने खाद्यान्न आफूहरूसँग स्टकमा रहेको उल्लेख गरेका छन् ।