धार्मिक क्षेत्र निरिक्षण कार्यक्रम सम्पन्न

२२ चैत्र २०७५, शुक्रबार १४:३०

काठमाण्डौ, थाहानगरपालीका अन्तरगत टिस्टुङ्ग , पालुुङ्ग र दामन क्षेत्र आसपास अन्तरगत रहेका धार्मिक स्थलहरुको अनुसन्धान तथा निरिक्षणको शिल शिलामा आज लियो क्लव अफ पिस थाहानगरपालीकाका अध्यक्ष तथा श्री गुरु गोरखनाथ संरक्षण समितिका अध्यक्ष साथै समाजसेवी गणेश प्रसाद बिष्टको अध्यक्षतामा भएको सो कार्यक्रममा अनन्त खनाल , अधिबक्ता तथा पत्रकार बिपिन हुँमागाई लगायत स्थानीय युवाहरुको सहभागीतामा सम्पन्न कार्यक्रममा थाहानगरपालीका भित्रका धार्मिक तथा ऐतिहासिक स्थलहरुको निरिक्षण कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रममा समाजसेवी तथा नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक बिष्णुप्रसाद शर्मा कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि शर्माले मकवानपुर जिल्ला अन्तरगतको थाहानगरपालीका भित्रका ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षण तथा सम्वर्दनका लागी स्थानीय बासिन्दाले देखाउनु भएको प्रतिवद्दतालाई सरकारी स्तरले पनि सहयोग गर्नु पर्ने कुरा बताउनु भयो । कार्यक्रममा बोल्दै शर्माले सरकारको उपस्थिती र सहयोग धार्मिक स्थलहरुमा प्रत्यक्ष नरहेको र वैदिक सनातन धार्मिक अवस्थालाई बेवास्ता गरेको र बाह्रयबाट आयातित धर्मका लागी उत्साहित भएको प्रति दुख्ख ब्यक्त गर्नु भयो । थाहानगरपालीकाले पनि यथोचित ब्यवस्थाका लागी सहयोग गर्ने छ भन्र्ने आशा ब्यक्त गर्नु भयो ।