काँग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित

२३ चैत्र २०७५, शनिबार १६:०७

काठमाडौं , नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रिय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

काँग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । तर सभापति देउवाले ती विभागहरु गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ ।