एथ्लेटिक्स संघको अध्यक्षमा शाह

२५ चैत्र २०७५, सोमबार ११:०१

काठमाडौं , राजीवविक्रम शाह नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा निर्वाचित भएका छन् । चितवनमा आइतबार सम्पन्न अधिवेशनले शाहको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जिल्ला संघको विवादका कारण राष्ट्रिय खेलकुद परिषद्ले एथ्लेटिक्स संघको चुनाव रोक्दै आएकोमा गत शनिबारमात्रै संघलाई अधिवेशनका लागि स्वीकृति दिएको थियो ।
नवगठित कार्यसमितिमा जनकबहादुर रावल, दिपक रानाभाट, शैलेन्द्र पाण्डे, तेजेन्द्र थापा, धनबीर चौधरी, गजबहादुर गुरुङ, दिलबहादुर बम, कुमार श्रेष्ठ र जितेन्द्र चौधरी छन् ।