आज मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रदर्शन

२४ चैत्र २०७५, आईतवार ११:३०

काठमाडौं , मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाले आज दिउँसो १२ बजेदेखि काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । मोर्चाले स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि पहिलो पटक ठूलो जनप्रर्दशन गर्न थालेको हो । जनप्रदर्शनका लागि भन्दै मोर्चाले देशैभरबाट नेता कार्यकर्ता राजधानी उतारेको छ ।

मध्यान्न १२ बजेदेखि सुरु हुने जनप्रदर्शनका लागि राजधानीका विभिन्न सात ठाउँबाट जुलुस निकाल्ने तयारी भई रहेको मोर्चाका अध्यक्ष सिपी गजुरेलले बताउनु भयो । बिभिन्न ठाउँबाट आएको जुलुस भृकुटीमण्डपमा आई जनसभामा परिणत हुने मोर्चाले जनाएको छ । दिउँसो १ बजे हुने सभालाई पार्टी महासचिव मोहन वैद्य ‘किरण’ले सम्बोध गर्ने कार्यक्रम छ ।