अग्रज पत्रकार श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

४ बैशाख २०७६, बुधबार १७:२९

काठमाडौं , नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाचारपत्रका प्रधानसम्पादक तथा अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ ।

कामना प्रकाशनका संस्थापक अध्यक्षसमेत रहनुभएका श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार बिहान काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभापति देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पत्रकारीताको क्षेत्रमा संलग्न श्रेष्ठको निधनले सिंगो सञ्चार जगतमा अपूरणीय क्षति पुगेको जनाउनु भएको छ ।