सेना कमजोर हुँदा राष्ट्र कमजोर हुन्छ

१० चैत्र २०७५, आईतवार १७:४६

बिष्णु प्रसाद शर्मा

राष्ट्रको गौरवमय ईतिहास बोकेको एउटा खम्भिर स्तम्भका रुपमा रहेको नेपाली जनताको भरोसाको केन्द्र नेपाली सेना हो । सेनालाई कमजोर बनाउने खेल किन ? राष्ट्रमा कहाँ के कस्तो समस्या छ , बाह्रय गतिबिधिको पहिचानका साथ उच्च मनोवलले कुनै समयमा पनि सजग र तत्परताका साथ उभिनु पर्ने सेनालाई कमजोर बनाइदै छ । यो खेल अलि अगाडी देखि नै नवशासकहरुले सुरु गरिसकेका थिए । शाही नेपाली सेनाका रुपले परिचित सेना राष्ट्रनिर्माता स्व श्री ५ पृथ्वीनारायण शाहकै समय देखिको हो नेपालको गौरवता, जनबिश्वास र अति नै संवेदनशिल संस्थाका रुपमा स्थायित्व राख्दै आएको संस्थालाई दलगत रुपले अभिनमा नियन्त्रित रुपले राख्न खोज्नु गलत मात्रै नभएर भोली अभिसाप हुने छ । र सेनाले यस्ता नियन्त्रित बन्धनहरुलाई स्वीकार गर्नु पनि हुदैन । छाडा पनि बन्न हुदैन । राजनीतिक गोटी बन्र्ने परम्परा गराइदै छ । यो गलत हो । पछिल्लो समयमा सेना प्रति जुन टिका टिप्पणी हुदैछन । त्यो ठूलो भूल हुने छ । सेना जति बलियो र खम्भिर हुन्छ । त्यति नै राष्ट्र सुरक्षा दरिलो हुन्छ । तर दलिय संयन्त्रले यसलाई कमजोर बनाउने र आ आफनो स्वार्थ अनुसार राज गर्ने भन्र्ने हो । यो कुरा सेनाको उच्च पदमा बस्नेहरुले पनि बुझन जरुरी छ ।