स्विट्जरल्याण्डको जेनेभामा पहिलो पटक ग्रेटर नेपालको नक्सासहित प्रर्दशन

३ चैत्र २०७५, आईतवार १८:५९

काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा पहिलो पटक ग्रेटर नेपालको नक्सासहित प्रर्दशन गरिएको छ । सुगौली सन्धीपछि भारतीय उपनिवेशमा राखिएको नेपालको भूमि फिर्ता गराउन माग गर्दै पहिलो पटक जेनेभामा ग्रेटर नेपालको नक्सासहित विरोध प्रदर्शन गरिएको हो ।ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा लामो प्रयासपछि ग्रेटर नेपालको नक्सा लिएर संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद् अगाडि उभिन पुगेको हो । शनिवार साँझ ४ः३० बजे जेनेभास्थित संयुक्त राष्ट्र संघको अगाडि ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सा प्रदर्शन गरिएको हो ।ब्रोकन चेयरमा गत बिहीबार गर्ने भनिएको प्रदर्शन जेनेभामा दिनभरि पानी परेपछि रोकिएको थियो । उक्त कार्यक्रम शनिवार सम्पन्न गरिएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जानकारी दिनु भयो । संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका झण्डासँगै राखिएको नेपालको राष्ट्रिय झण्डाका अगाडि ग्रेटर नेपालको नक्साका साथ उभिएर नेपाली जनताका नाममा कसम खाँदै संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँमा उभिएर ग्रेटर नेपालको नक्सा देखाउन पाएको फणिन्द्र नेपालको भनाई छ । ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी नेपालको जमिनमा भारतीय उपनिवेशको विरोध गरिएको थियो । तस्बिरः फणिन्द्र नेपालको फेसवुकबाट