स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति

२४ फाल्गुन २०७५, शुक्रबार १४:३०

काठमाडौँ, स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएको छ । आज काठमाडौँमा सरकार र गठबन्धनबीच भएको सहमति पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।
त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मुलधारको राजनीति गर्न अवरोध नगर्ने उल्लेख छ । त्यस्तै प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धका कार्यकर्ताका परिवारलाई क्षतीपुर्ति दिने, गठबन्धनका नेता कार्यकर्ताको ज्ञान र सीप राज्यका लागि लगाउने सहमतिमा उल्लेख छ ।सहमतिमा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन् ।