सुनको मूल्य तोलमा ६० हजार २०० कायम

२३ फाल्गुन २०७५, बिहीबार ११:११

काठमाडौं, बिहीबार सुनको मूल्यमा गिरावत आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ । यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ । चाँदी भने आज रु ७३५ मा कारोबार भइरहेको छ।