सरकार र सीके राउतबीच भएको ११ बुँदे सम्झौताबारे प्रष्ट पार्न शान्ति समाजको माग

२६ फाल्गुन २०७५, आईतवार ११:०५

काठमाडौं , सरकार र सीके राउतबीच भएको ११ बुँदे सम्झौता अस्पष्ट भएको भन्दै प्रष्ट पार्न मानव अधिकार तथा शान्ति समाजले सरकारसँग माग गरेको छ ।सीके राउत समूहले विखण्डनको अभियान र घृणाको शैली परित्याग गरेको प्रचारमा ल्याइए पनि त्यसअनुरुपको प्रतिबद्धता नआएको भन्दै उसले त्यसबारे सरकारको धारणा मागेको हो ।सीके राउतले सहमतिको दोस्रो बुँदालाई उल्लेख गर्दै जनमत संग्रह गर्न सरकार राजी भएको प्रचार गरिरहेका छन् । राउतले दाबी गरेजस्तो सहमति सरकारले गरेको हो भने त्यो निन्दनीय हुने समाजले टिप्पणी गरेको छ