सडक सुरक्षा परिषद् गठन गर्ने सरकारको तयारी भइरहेको छः मन्त्री महासेठ

५ चैत्र २०७५, मंगलवार १३:०३

काठमाडौं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षा परिषद् गठन गर्ने तयारी भइरहेको जानकारी दिनु भएको छ । मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सडकलाई सुरक्षित बनाउन सोसम्बन्धि आवश्यक कानुन बनाउने कामलाई पनि अघि बढाइएको बताउनु भयो । मन्त्री महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको जानकारी समेत दिनु भयो । मन्त्री महासेठले सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायहरुलाई पनि सचेत गराउनु भयो ।