विश्व उपभोक्ता अधिकार दिवस र आम उपभोक्ताको समस्या

१ चैत्र २०७५, शुक्रबार ०९:३४

नेत्र बहादुर लिम्बू,

हरेक वर्ष मार्च १५ आजका दिन बिश्व उपभोक्ता दिवश बिभिन्न कार्यक्रमका बीच हाम्रो देशमा मनाउदै आएका छौँ । तर उपभोक्ताको समस्याका बारेमा खासै चर्चा गरिदैन । बजार अनुगमन तिव्र रुपमा जुन गतिका साथ गर्नु पर्ने हो, त्यो देखिएको छैन । सरकारी निकायबाट बजार अनुगमनलाई गति दिनु पर्ने आबश्यकता छ । दशै, तिहार बाहेक अरु समय बजार अनुगमन भएको देखिदैन । ब्यापारी मनपरि गरिरहेका छन् । सरकार बेखवर छ । बजारमा कृतिम अभाव बनाएर ब्यापारीहरुले उपभोक्तालाई दिनहुँजसो ठगिरहेका छन् । खाने कुरामा बिषादीको मात्रा बढाएर उपभोक्ताको स्वास्थ्य खराव भइरहेको समाचार आइरहेको छ । तरकारी, फलफूल, मिठाई, तेल, लगायतका खाने कुरामा मिसावट र बिषादीको प्रयोग भइरहेको छ । यसले आम उपभोक्ताको स्वास्थ्य खराव हुने गरेको छ । नेपालमा धेरै मात्रामा उपभोक्तावादी संघ संस्था खोलिएका छन् । तर ति संघ संस्थाले पनि खासै काम गर्न नसकेको देखिएको छ । नेपालको कृषि क्षेत्रमा बिषादीको प्रयोग धेरै मात्रामा गरिदै छ । यो राम्रो कुरा होइन, यसलाई सरकारले रोक्नु पर्छ । हाम्रो देशमा उत्पादन हुने कुनै पनि कृषि उपज बिषादीमुक्त पाउन कठिन छ ।बजारमा तरकारी, अन्न, फलफूल, गेडागुडी, माछा, मासु, अण्डा, दूध, जुन सुकै उपभोग्य सामग्रीमा धेरथोर कुनै न कुनै बिषादी प्रयोग गरिएकै हुन्छ । अहिले नेपालमा हरेक बर्ष साढे तिन सय मेट्रिक टन बिषादी भित्रिने र त्यस मध्ये ८५ प्रतिशत बिषादीको खपत हुने गरेको तथ्यांक भेटिन्छ । यसबाट मोटो रकम बिदेसिइरहेको छ । बिषादीको प्रयोगबाट क्षणिकरुपमा त किसानलाई केहि फाइदा पनि होला । दिर्घकालमा यसबाट हानीबाहेक अरु केहि गदैन । यसले हाम्रो बातावरण प्रदूषित बनाइरहेको छ । त्यसैगरी बिषादी प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आइरहेको छ । बजारमा पाइने बिषादीयुक्त कृषि उपजको उपभोगले बाँझोपन, क्यान्सर, ट्युमर, मृगौला सम्वन्धि रोग, आँखाको ज्योति गुम्ने अपांगता भएका बालवालिका जन्मिने, जस्ता गम्भिर प्रकृतिका समस्या बढदै गएका छन् । यस बिषयमा सवै गंम्भिर हुनुपर्ने आबश्यकता देखिएको छ । हामीले खानेकुरामा बिषादी खाइरहेका छौ । गाई, भैसीको मल बाट उत्पादन भएका खानेकुरा खादा स्वस्थ्य राम्रो हुन्छ । बाजेका पालामा गाई भैसीको मल बाट उत्पादन भएका खानेकुरा खादा हाम्रा बाजेहरु निरोगी भएर बाँचेको हामीले देखेका छौ । अहिले मान्छे जन्मिएपछि धेरैथरि रोग लागेको देखिन्छ । कारण के हो भने यो सवै बिषादी खानेकुरा । खास गरी बिषादी प्रयोग गरिएका घाँस तथा कृषिउपज सेवन गरेका गाई, भैसीको दूधमा समेत त्यसको प्रभाव परेको छ । जसले गर्दा मानव स्वास्थ्यमा गम्भिर नकारात्मक असर गरिरहेको छ । अवका दिनमा किसानलाई बिषादीको बिकल्पमा बिभिन्न जैविक विधि, बोटबिरुवा प्रयोगमा प्रोत्साहित गर्नुपर्ने जरुरी देखिएको छ । अव अरु उपाय छैन । बिषादी प्रयोगलाई न्यूनिकरण गरी सवैलाई स्वास्थ जीवन जिउने अवसर जुटाइदिनु सरकारको जिम्मेवारीभित्र पर्ने बिषय हो । अव सरकार यो दिशामा अघि बढनु पर्छ । बिषादी खाने कुराले मान्छेको जीवन जोखिममा परिरहेको छ । अव सरकारले गंम्भिर भएर सोच्नु पर्ने आबश्यकता देखिएको छ । हाम्रो देश नेपाल कृषिप्रधान देश हो भनेर बिश्वमान चित्रमा चिनाइएको छ । तर हामी परनिर्भर भएर बाँचिरहेका छौ । यो कस्तो बिडम्वना । नेपाल कृषिप्रधान देश नै हो । तर काम गर्ने युवा नै देशमा छैनन् । गाउँका खेतबारी बाँझा छन । युवा जति बिदेश पलायन छन् । यो हाम्रो देशको समस्या हो । तराईको उर्वर माटोमा पसिना बगाउने हो भने सिंगो देशलाई कृषिउपजमा आत्मनिर्भर बनाउन सकिन्छ । कसैको मुख ताकेर बस्नु पर्ने अवस्था रहदैन । नेपालको पहाडी क्षेत्रमापनि धेरै खेती हुने बारी, खेत छन् । देशमा कृषि क्षेत्रलाई बैज्ञानिक ढंगले बिस्तार गर्ने हो भने हामी आत्मनिर्भर हुने छौ । हिमाली क्षेत्रमापनि बिभिन्न प्रकारका कृषि उपज उत्पादन हुन्छन् । हाम्रो देश कृषिप्रधान भएपनि आज सम्म यहाँको कृषिकर्म निर्वाहमुखी छ । नेपालमा कृषि ब्यवसाय अहिले सम्म बन्न सकेको छैन । हाम्रा पाठ्यपुस्तक, स्कूल, कलेज, वा बिश्व बिद्यालयको डिग्रीले कुनै पनि युवाहरुलाई कृषि ब्यवसायतर्फ लाग्न प्रेरित गर्न सकेको छैन । यो नै हाम्रो देशको ठूलो समस्या हो । सवै युवाहरु कृषितर्फ लाग्ने बातवरण बन्यो भने देशको विकास र समृद्वि हुन सक्छ । हाम्रो कृषि क्षेत्रमा आधुनिक प्रविधि, आधुनिक कृषि औजार भित्रिन सकेका छैनन् । यस बारेमा सरकारले पहल गर्नुपर्ने आबश्यकता देखिएको छ । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाएर अघि बढने हो भने देशको भविश्य राम्रो छ । हाम्रो देशमा कमिसनखोरी र भ्रष्ट मानसिकता भएका कर्मचारीका कारण हरेक क्षेत्रमा समस्या छ । कमिसन र घुसका कारण देश अघि बढन सकेको छैन । मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले बजार अनुगमन हुन सकिरहेको छैन । आम जनता मारमा परिरहेका छन् । अहिले देशमा तिनै तहका सरकार छन् । तर जनताले समस्या भोगीरहेका छन् । जनताका समस्या समाधान हुन सकेका छैनन् । देशमा महंगीले आकाश छोएको छ । आम उपभोक्ताहरु बिहान बेलुकाको छाक टार्न समेत सकिरहेका छैनन् । बजारमा उपभोग्य बस्तु किनिसक्नु छैन । ब्यापारीले आफूखुशी मूल्य निर्धारण गरिरहेका छन् । सरकार अनुगमन गर्न सकिरहेको छैन । स्थानीय तहमा भ्रष्टाचार बढ्दो छ । जनताका काम पैसा बिना छिटो छरितो हुदैन । यस्तो छ, देशको अवस्था । जनता धेरै कुराले मारमा परिरहेका छन् । बर्तमान सरकारले अव सोच्नु पर्ने बेला आएको छ । जनताले आफ्नो अधिकार पाउन सकेनन् भने असन्तुष्टि हुन्छन् । जनताको असन्तुष्टिले गर्दा नै देशमा बिद्रोह हुने गरेको छ । बिगतको इतिहासबाट पाठ सिकेर सरकारले देशको उन्नति प्रगति गर्ने काममा ध्यान दिनुपर्छ । आम जनताका आबश्यकता पुरा गर्ने बाटोतर्फ सरकार लाग्नु पर्छ । यो बर्तमान सरकारले चाहने हो भने देशमा जे पनि गर्न सक्छ । किनभने सरकार स्थिर र बलियो छ । जनताले यो सरकारबाट धेरै कुराको अपेक्षा राखेका छन् । तर जनताले अपेक्षा राखे वमोजिम भने यो एक बर्षको कार्यकालभित्र कुनै राम्रो काम गर्न सकेन । यो नै दुखद कुरा हो । सरकारले जनताका काम गर्नुपर्छ । कुरा मात्र गरेर देशमा बिकास हुदैन । बिकास र समृद्वि गर्न सरकारले स्पष्ट खाका तय गर्नुपर्छ । अहिले हरेक क्षेत्र तहस नहस छ । कतै आश गर्ने अवस्था देखिदैन ।
जनतालाई आश जगाउने किसिमले काम गर्नुपर्छ । धनी र गरिव बीचको खाडल मेट्नुपर्छ । गरिव झन्झन् गरिव हुदै जाने अवस्था देखिएको छ भने धनीहरु धनी हुदै गइरहेका छन् । यस्तो असमानताले देशमा राम्रो गदैन । अव सरकारले यो बिषयमा सोच्नुपर्छ । बर्तमान सरकारले चुनावमा आफूले बोलेका कुनै पनि काम सुरु गर्न सकिरहेको छैन । कुरा ठूला भए , काम पटक्कै भएन । यो नै चिन्तालाग्दो कुरा हो । देशमा शासकीय सुधार हुन सकेको छैन । जव सम्म शासकीय सुधार हुदैन तवसम्म देशको बिकास हुदैन । यो कुरा बुभ्mन जरुरी छ । सरकारले शासकीय सुधारका लागी अव बिशेष ध्यान दिनुपर्ने आबश्यकता देखियो । कर्मचारीहरुले देशप्रति बफादार बनि इमान्दारीका साथ काम गर्नुपर्छ । कर्मचारीतन्त्रले इमान्दारीका साथ काम गर्ने हो भने देशको बिकास गर्न त्यति समस्या पर्दैन । देश कर्मचारीतन्त्रको कब्जामा छ । अव पुरानो पाराले देश बनाउन सकिदैन । देश बनाउन नयाँ सोंच, चिन्तन र दुरदर्शिताको आबश्यकता छ । नेताहरु दुरदर्शी नभएसम्म देश बन्दैन । अरु देशको बिकास दु्रतगतिमा अघि बढिरहेको छ । तर हाम्रो देश झन् पछाडि धकेलिदै गएको छ । यो नै दुर्भाग्य हो । लेखक उपभोक्ता अधिकार संरक्षण संघ का अध्यक्ष हुन् ।