विप्लव समूहका तमुवान संयोजकसहित ७ कार्यकर्ता पक्राउ

१२ चैत्र २०७५, मंगलवार १९:०१

पोखरा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तमुवान संयोजक किसान सिंह तमु गुरुङ पक्राउ परेका छन् । जनपरिषद् तमुवान संयोजक तमुलाई कास्की प्रहरीले लेखनाथबाट पक्राउ गरेको हो ।पक्राउ परेका किसान तमु मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रीय महासचिव हुन् भने लेखनाथ निर्माण व्यवसायी समिति लेखनाथका पूर्व अध्यक्षसमेत हुन् । उनी मंगलबार आफ्नै निवासबाट पक्राउ परेका हुन् ।