लेखापढि कानुन ब्यबसायिको नमुना काम

१४ चैत्र २०७५, बिहीबार १५:४६

सहयोगी बि सि,
कपिलवस्तु, मालपोत कार्यालय कपिलवस्तुमा जति मूल्य बराबरको जग्गा खरिद बिक्री गरेपनी एकहजार पाँचसयमा काम सम्पन्न हुने लेखापढी ब्यबसायी समितीले जनाएको छ।मालपोत रजिस्टेशन पास गर्दा लेखापढी ब्यबसायीहरुले आफुखुशी रकम मागेको र जग्गा खरिद गर्नेले पनि लेखे बापत धेरै रकम दिएर ब्यबसायी प्रती नकारात्मक धारणा फैलाएकोले जति जग्गा खरिद बिक्री गरेपनी लेखापढी ब्यबसायिले लिखत लेख्दा उत्ति नै लेख्नुपर्ने भएकाले एउटै रकम लिन थालेको अध्यक्ष बिष्णु प्रसाद मौरियले बताउनु भयो।अनलाईन सिस्टमबाट जग्गा पास हुने भएको र एक फाइल ,१३ वटा जग्गा दरखास्त फारम ,रु १० को टिकट सहित र लेखाइ समेतको रकम रु १५०० एकहजार पाँचसय रहेको कर्मचारी राज बहादुर थापाले बताउनु भयो।उहाँको अनुसार कार्यालय बाट रसिद काटेर गएका रजिस्टेशन फारमको रसिद सहित लेखापढी ब्यबसायिहरु आएपछि तोकिएको रकम लिएर जाने बताउनु भयो।सो बाट बचत रकम नेपाल लेखापढी कानुन ब्यबसायीको संचित खातामा रहने र २ वटा कर्मचारी ब्यबस्थापन ,कार्यालय भाडा ,सरसफाइ ,मा खर्च हुने कार्यालयले जनाएको छ।यस प्रकारको ब्यबस्थाले जग्गा रजिस्टेशन लेखापढी गर्दा धेरै रकम बच्ने सेवाग्राही टेकराज भुसालले बताउनु भयो।