लगनखेलमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

१९ फाल्गुन २०७५, आईतवार १५:११

ललितपुर, एक दिने स्वास्थ्य शिविर कार्यक्रम ललितपुरको लगनखेलमा सम्पन्न भएको छ ।उक्त स्वास्थ्य शिविर ललितपुर महानगरपालिका वडा नं ५ को स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा सम्पन्न भएको हो । ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा अन्तर्गत जनस्वास्थ्य शाखा र पाटन प्याथ ल्याबको संयुक्त सहयोगमा ललितपुर मलको पाटन पाथल्याबमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा होल बडि चेक अप र स्तन तथा पाठेघरको पानीको टेष्ट गरिएको थियो । महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले एक दिने स्वास्थ्य शिविरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित भएको महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठले जन स्वास्थ्यसँग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउँदै जाने समेत जानकारी दिनु भयो ।