भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिन्छः मन्त्री बस्नेत

८ चैत्र २०७५, शुक्रबार १०:४९

काठमाडौं, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिएको उहाँको भनाइ थियो। सुशासन कायम गर्न सरकारले सकैसँग नकारात्मक खालका सम्झौता नगर्ने मन्त्री बस्नेले बताउनु भयो । विश्व वन दिवसका अवसरमा बिहीबार बबरमहलस्थित वन परिसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले उक्त कुरा बताउनु भएको हो । उहाँले वनलाई समृद्धिसँग जोड्ने गरी सरकारका काम केन्द्रित गरिएको चर्चा गर्दै विदेशबाट काष्ठजन्य सामग्री आयात बन्द गरिने बताउनु भयो । मुलुकको ५४ प्रतशित भू–भाग वन क्षेत्रले ओगटेको चर्चा गर्दै उहाँले मन्त्रालयले संरक्षण, उपयोग र लाभको सन्तुलित प्याकेज अघि सारेर वन व्यवस्थापन गर्ने योजना बनाएको जानकारी दिनु भयो ।