बन्दले विद्यार्थीको पढाइ अवरुद्ध

३० फाल्गुन २०७५, बिहीबार १०:४३

काठमाडौं , नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दले देशभरका शैक्षिक संस्थामा प्रभाव परेको छ । बन्दले देसभरका विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । शैक्षिकसत्र ०७५ को अन्त्यतिर अन्तिम परीक्षाको तयारीमा रहेका विद्यालय र परीक्षासमेत सञ्चालन गरिरहेका विद्यालयहरूले बन्द आह्वानका कारण बीचमै विद्यालय बन्द गर्नुपरेको प्याब्सनले जनाएको छ ।बारम्बारको शैक्षिक संस्था बन्द हुँदा पनि शिक्षा मन्त्रालय भने गम्भीर नदेखिएको सरोकारवालाहरूले आरोप लगाउँदै आएका छन् । आफ्ना कार्यकर्तामाथि सरकारले दमन गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको छ ।