पूर्व राजालाई समर्थकहरुले पूष्प गुच्छाले स्वागत गरे

४ चैत्र २०७५, सोमबार १०:३०

काठमाडौं , तराईका जिल्लाको भ्रमणमा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार राति करिब १० बजे झापा पुग्नु भएको छ । । उहाँ झापामा चिया बगानमा बस्नु भएको छ । उहाँलाई पत्रकारले सोधेका थिए,‘‘यो भ्रमण राजसंस्था ब्युँताउने तयारीका लागि हो ? उहाँको जवाफ थियो, ‘‘यो कुरा जनतासँग नै सोध्नुस् ।’’
उहाँ सप्तरीमा छिन्नमस्ता मन्दिरको दर्शन गर्न पनि जानु भएको थियो । सो अवसरमा पूर्व राजालाई समर्थकहरुले पूष्प गुच्छाले स्वागत गरेका थिए । सयौंको संख्यामा रहेका स्थानीय बासिन्दलाई उहाँले गाडीबाट नै हात हल्लाएर अभिवादन फर्काउनु भएको थियो ।