पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने

१९ फाल्गुन २०७५, आईतवार १४:२१

काठमाडौं, पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।८२ वर्षीय पूर्वमन्त्री अधिकारीको शनिबार राति हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाउनु भएको थियो ।