नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको अन्तरकृया कार्यक्रम सम्पन्न

१२ चैत्र २०७५, मंगलवार १५:१२

काठमाण्डौं , नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले काठमाण्डौमा रहेका साना व्यवसायीलाई समेट्ने बताएको छ ।सोमबार भएको अन्तरकृया कार्यक्रममा साना व्यवसायीलाई नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंमा आवद्ध गराउने विषयमा सबै लाग्नु पर्ने बताएका छन् ।अन्तरकृया कार्यक्रममा घरभाडा लगायत विषयमा आएको समस्यालाई न्युनिकरण गर्ने प्रयास रहेको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले संघसस्थाहरु अधिक भएकाले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिएका छन् ।