नेपाली सेनाका एक जवानले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरे

२१ फाल्गुन २०७५, मंगलवार १२:४३


कञ्चनपुर , कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका एक जवानले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । सैनिक जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् । उनले ब्यारेकभित्रै गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन ।