नेकपाले झापा विद्रोहका योद्धाको सम्झनामा सुखानी दिवस मनाउँदै

२१ फाल्गुन २०७५, मंगलवार १२:०८

काठमाडौंँ , नेपालका कम्युनिष्टहरुले सुखानी दिवस मनाउदै आएका छन् । नेकपाले यो बर्ष झापा विद्रोहका योद्धाको सम्झनामा ‘सुखानी दिवस’ झापाको दानावारीमा रहेको सुखानी उद्यानमा मनाउँदै छ । सुखानीको जंगलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा मंगलबार झापामा हुने कार्यक्रममा नेकपाका अध्यक्षद्धय केपी शर्मा शर्मा ओली र प्रचण्डले सम्बोधन गर्दैैछन् ।पञ्चायती शासकले २०२९ फागुन २१ गते त्यसबेलाका कम्युनिष्ट युवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सीमा क्षेत्र सुखानीको जंगलमा हत्या गरेको थियो । २०२९ साल कात्तिकमा पक्राउ परेका दाहाल, घिमिरे, राजशंशी कुइँकेल र श्रेष्ठलाई झापाबाट इलाम जेल सार्ने नाममा गोली हानेर हत्या गरिएको थियो । त्यसपछि नेपालका कम्युनिष्टहरुले सुखानीलाई आदर्शभूमि मान्ने गरेका छन् ।हत्या भएको स्थानमा उनीहरु ५ जनाकै शालिक निर्माण गरिएको छ ।