नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाहको डिस्चार्ज

४ चैत्र २०७५, सोमबार १२:३५

काठमाडौं, नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार डिस्चार्ज हुनु भएको छ । रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह हजुरआमालाई रिसिभ गर्न अस्पताल पुग्नु भएको थियो । रत्न अस्पतालमा रहँदा उहाँको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिनु भएको थियो । रुघा, खोकी लगायतले ग्रस्त भई पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो ।उहाँको डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार गरिएको थियो ।