नयाँ बर्षमा लमजुङको तिनपिप्लेमा खुल्ला फुटबल प्रतियोगिता हुँदै

१४ चैत्र २०७५, बिहीबार १७:३०

लमजुङ, नयाँ बर्षको अवसरमा लमजुङको राईनासमा खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । सनराईज युथ क्लबको आयोजनामा उक्त प्रतियोगिता राईनास(५, तिनपिप्लेमा हुन लागेको हो । प्रतियोगिताको लागत अनुमान कुल ४ लाख २० हजारको रहेछ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद रु ५१,००० र ३१,००० का साथै मेडल तथा प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने सेमिफाईनलसम्म पुग्ने टिमलाई नगद रु सात हजार दिईने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगितामा राईनास नगरपालिका र आसपासका गाउँपालिका एबम् नगरपालिकाबाट समेत क्लबहरुले प्रतिस्पर्धामा भाग लिने जानकारी क्लबका अध्यक्ष हरिराम अधिकारीले दिए ।