देवदहमा काँग्रेस कार्यकर्ताको हत्या

२७ फाल्गुन २०७५, सोमबार १६:५१

बुटवल,रुपन्देहीमा नेपाल तरुण दलका नगर सदस्यको हत्या भएको छ । तरुण दलका सदस्य अनिस पुरीको हत्या भएपछि सोमबार दिउँसो देवदह क्षेत्रमा काँग्रेस कार्यकर्ताले विरोधस्वरुप केहीबेर राजमार्ग नै अवरुद्ध गरेका छन् ।
देवदह नगरपालिका वडा नं। ५ का २२ वर्षीय पुरीको स्थानीय भलुही भन्ने स्थानमा ढुंगा तथा लाठी प्रहार गरी अज्ञात समूहबाट हत्या भएको थियो । हत्याको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । तर उनीहरुको विवरण सार्वजनिक गरेको छैन ।यसैबीच नेपाली काँग्रेसले हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ ।
काँग्रेस रुपन्देहीले सोमबार प्रेस विज्ञप्ती जारी गरी हत्या जस्तो जघन्य अपराधप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै हत्यामा संलग्न भएका व्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग गरेको हो ।
नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा राजनीतिक तथा सामाजिक रुपमा सकृया युवालाई योजनावद्ध तरिकाले गरिएको हत्याबाट सिंगो पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ । पूर्व पश्चिम राजमार्गमा संघसाँझै व्यक्तिमाथि आक्रमण हुनाले सरकारको सुरक्षा प्रवन्ध कस्तो छ भन्ने प्रष्ट पारेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ र सचिव रमेश शाहीले सोमबार नै संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी गृहमन्त्री सहित सुरक्षा समितिको बैठक रुपन्देहीमै बसिरहँदा घटना हुनुले धेरै खालका आशंकाहरु पैदा गरेको उल्लेख गरेका छन् ।