दुर्घटनामा निधन भएका मन्त्री अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान

१७ फाल्गुन २०७५, शुक्रबार १२:१२

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अपर्ण गरेर श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
बुधबार ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । मृतकको शव पहिचान भएपछि आज बिहान श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।
दुर्घटनामा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा ओढाएका थिए । श्रद्धाञ्जलीका लागि शवहरुलाई बिहान ८ बजे देखि ११ बजेसम्म टुँडिखेलमा राखिने र त्यसपछि परिवारका सदस्यहरुलाई बुझाइने छ ।