तराईमा आज धुमधामसँग होली पर्व मनाईंदै

७ चैत्र २०७५, बिहीबार १२:४१

काठमाडौं , जनकपुरबाहेक तराईमा आज बिहीबार धुमधामसँग होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोलि मात्र होली मनाउने तयारी छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ । होली पर्वका लागि केन्द्र सरकारले बिहीबार तराईमा सार्वजनिक बिदा दिएको छ भने प्रदेश २ सरकारले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिएको छ ।