चैतभित्र पार्टीमाथिको प्रतिबन्ध नहाटाए सरकारको कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

१२ चैत्र २०७५, मंगलवार ११:२५

काठमाण्डौ , नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा उसले केपी शर्मा ओली नेतृत्वको सरकारले गर्ने कार्यक्रमविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको हो । आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध चैतभित्र नहटाएमा तथा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउँदै आमहड्तालको तयारी गर्ने पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तो छ बिज्ञप्ति