एसइई परीक्षामा ४ लाख ७५ हजार सहभागी हुदै

८ चैत्र २०७५, शुक्रबार ०९:४५

काठमाडौं , चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा९एसइई० मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।

मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पुर्ण काम प्रदेश सरकारले गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले परीक्षा व्यवस्थापनको सम्पुर्ण काम प्रदेश सरकारले गर्ने स्पष्ट पार्नुभयो । यो वर्षको लागि प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएपछि बोर्डले जिम्मा लिएको जानकारी दिनुभयो । परीक्षाको सबै तयारी पुरा भएको एसइइ बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्ष अन्र्तगतका ५ हजार ८ सय ८३ र नयां कोर्ष अन्तरगत ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ का विद्यार्थी सहभागी हुने भएका छन । प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ सहभागी हुने भएका छन ।

सबैभन्दा कम प्रदेश ६ का रहेका छन् । ६ नम्बर प्रदेशमा ३५ हजार ६ सय २४ परीक्षार्थीले परीक्षामा सहभागी हुदैछन । प्रदेश १ बाट ८३ हजार ८ सय १८, प्रदेश नम्वर २ बाट ७० हजार ५ सय १८, प्रदेश नम्वर ४ बाट ४८ हजार ६३, प्रदेश नम्वर ५ बाट ७६ हजार ९ सय ८३ र प्रदेश नम्वर ७ बाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुने भएका छन् ।काठमाडौंबाट ३७ हजार ५ सय २८, ललितपुरबाट ९ हजार ९ सय ३४ र भक्तपुरबाट ५ हजार ७ सय ८२ विद्यार्थी सहभागी हुनेछन् ।परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र कायम गरिएको छ । त्यतिकै संख्यामा केन्द्रध्यक्ष सहभागी हुनेछन । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् ।
परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायत सरोकार पक्षसित संयुक्त बैठक बोलाएर तयारी गरिएको छ ।
बोर्डले एकसाता अघि सबै सुरक्षा निकायसंग छलफल गरी सुरक्षा अवस्थाकाबारे छलफल गरेको थियो । परीक्षामा प्रदेश अनुसार नै प्रश्नपत्र छपाई गरीएको बोर्डले जनाएको छ ।
गत वर्ष चार किसिमको प्रश्न सोधिएको थियो । यो वर्ष प्रदेश अनुसार प्रश्नपत्र छपाई गरीएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक विष्णु अधिकारीले साधारणतर्फको अनिवार्य ६ वटा विषयका फरक–फरक बनाइएको जानकारी दिनुभयो ।प्राविधिक र संस्कृत तर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र रहने छन् । परीक्षा चैत १० देखि २१ गतेसम्म सञ्चालन हुनेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेख्नु भएको छ ।