ऋषि धमला चढेको कार दुर्घटनामा

२६ फाल्गुन २०७५, आईतवार १२:३६

काठमाडौँ , पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । आज बिहान करीव साढे पाँच बजे उनी दुर्घटनामा परेका हुन् ।

रिपोर्टर्स क्लव नेपालका अध्यक्ष समेत रहेका धमला लाजिम्पाटस्थित आफ्नै निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गर्दा उनको कारमा मोटर साइकल ठोक्किन पुगेको थियो ।

दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । धमलाका गाडी चालक गम्भीर घाइते भएकाले अस्पताल भर्ना गरिएको छ । दुर्घटनामा धमला भने सामान्य घाइते भएका छन् ।