ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

१२ चैत्र २०७५, मंगलवार १४:०४

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशी राजदूत मास्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको मन्त्री पुनले बताउनु भयो । मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुगेकी नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सलाई उहाँले सो कुरा बताउनु भएको हो । भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।