हिजोका सूत्र घोकेर आज समृद्धि र मानव सभ्यताको नेतृत्व गर्न सकिदैनः भट्टराई

२३ माघ २०७५, बुधबार १०:५४

रामेछाप,  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले पुँजीवाद र साम्यवादले जुधेर सिङ फुकालिसकेकोले संसारलाई नयाँ विचार चाहिएको  बताउनु भएको छ ।  नयाँ शक्ति पार्टीले सञ्चालन गरेको एक महिने जनसंवाद यात्राको क्रममा मंगलबार रामेछापको मन्थलीमा जारी जनसंवादमा बोल्दै उहाँले  सो कुरा  बताउनु भएको हो ।  कार्यक्रममा बोल्दै डा। भट्टराईले अहिले पुँजीवाद र साम्यवाद हिजोको अवस्थामा नरहेको र यसले आफ्नो स्वरुप र अवस्था गुमाइसकेको  बताउनु भयो । 

पुरानै पार्टीमा टाँसिएर बस्दा नेपालीको दिमागमा झ्याउ र लेउ लागेको भन्दै उहाँले  हिजोका सूत्र घोकेर आज समृद्धि र मानव सभ्यताको नेतृत्व गर्न नसकिने बताउनु भयो । उहाँले भन्नु भयो,  ‘पार्टीलाई विश्वासको रुपमा लिएर जातिवादीजस्तै मानसिकता बोकेर अगाडि बढ्न सकिँदैन ।’ उहाँले  मार्क्स, लेनिन र बिपी आदिले कुन प्रसंगमा बोलेका थिए भनेर याद नगरी सूत्रजस्तै घोकेर मात्रै समृद्धिको नेतृत्व गर्न नसकिने  बताउनु भयो ।