स्वास्थ्यमा समायोजन विवादः सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी

६ फाल्गुन २०७५, सोमबार ०९:२८

काठमाडौँ , सरकारले ल्याएको कर्मचारी समायोजन विद्येयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले तत्काल विद्येयक सच्याउन माग गरेको छ । सरकारी चिकित्सक संघ ९गोदान०ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुले विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएको छ ।
गोदानले एक साताका लागि आन्दोलनका कार्यक्रम तय गरेको छ । सरकारी चिकित्सकक संघका अध्यक्ष डा। दिपेन्द्र पाण्डेले तत्काल विभेदकारी समायोजन नसच्याए चिकित्सकहरुले सामूहिक राजीनामा दिने बताए ।
कर्मचारी ऐनलाई मिचेर सहसचिवस्तरका ११ औं तहका चिकित्सकलाई प्रदेशमा समायोजन गरेको भन्दै सरकारी चिकित्सक आन्दोलित भएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।