सोनाम ल्होहारका उपलक्ष्यमा शुभकामनाः सभापति देउवा

२२ माघ २०७५, मंगलवार ११:१२

काठमाण्डौ,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  एक सन्देश दिंदै ‘सोनाम ल्होहार’ का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त  गर्नु भएको छ ।

उहाँले  विज्ञप्तिमार्फत विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होसारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख  गर्नु भएको छ ।  यो पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको विज्ञप्तिमा जनाइएको छ । सभापति देउवाले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना  दिनु भएको छ ।