सुनको भाउ बिहीबार घटेर ६३ हजार १०० मा कारोबार

९ फाल्गुन २०७५, बिहीबार १२:३२

काठमाडौं, नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलमा रु २०० ले घटेको छ । बुधबार तोलमा ६३ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार घटेर ६३ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज ६२ हजार ८०० मा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७८५ मा कारोबार भइरहेको छ ।