सिभिल बैंकद्वारा नेपाल आँखा अस्पताललाई टीभी प्रदान

९ फाल्गुन २०७५, बिहीबार १४:३५

काठमाडौं , सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज एक कार्यक्रमबीच नेपाल आँखा अस्पताललाई एक थान टीभी प्रदान गरेको छ । उक्त टीभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादूर घलेलाई हस्तान्तरण गरेका छन् ।