सरकारले भ्रष्टाचार शून्य बनाउने कुरा गरे पनि व्यवहारमा लागू नगरेको अर्जुननरसिंह केसीको आरोप

७ फाल्गुन २०७५, मंगलवार १५:४२

चितवन, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताउनु भयो । उहाँले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले समेत सम्बोधन गर्नुभएकाले यसलाई कसैले हटाउन नसक्ने बताउनु भयो । नेता केसीले काङ्ग्रेस अनेक किसिमका आरोह अवरोहका बीचमा पनि आफ्नो सिद्धान्तबाटपछि नहटेको बताउनु भयो । सरकारले भ्रष्टाचार शून्य बनाउने कुरा गरे पनि व्यवहारमा लागू नगरेको केसीको आरोप थियो । ‘प्रधानमन्त्रीले भ्रष्टचारीलाई हेर्न सक्दिन भन्नुहुन्छ, तर उहाँकै अगाडि एकपछि अर्को भ्रष्टचारका काण्ड आइरहेको केसीले बताउनु भयो ।