श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलमा सेवाग्राहीको नक्कली कागजात बनाउने पाँच विचौलीया पक्राउ

५ फाल्गुन २०७५, आईतवार १४:४८

काठमाडौं , श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलमा सेवाग्राहीको नक्कली भिसा कार्ड लगायतका काम गर्दै आएका पाँचजना विचौलीया पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटी प्रहरीले श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी अनुसार श्रम स्वीकृतिको लागि आएका ईन्द्र बहादुर रजालीमगरले आफ्नो पासपोर्ट नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको अवस्थामा फेला पारेपछि श्रम तथा वैदेशिक रोजगार विभागमा जानकारी गराएका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा गणेश कटुवालले कार्ड बनाउन सहयोग गरेको र कटुवाललाई कार्ड बनाउन गंगोबु बसपार्क स्थित कृष्ण प्रसाईले सञ्चालन गरेको वर्षा फोटो स्टुडियोले सहयोग गरेको पाइएको फेला पारेको छ ।