वामपन्थी डाक्टरहरुले आह्वान गरे , चिकित्सक संघको आन्दोलनमा सहभागी नबन्न

१८ माघ २०७५, शुक्रबार ११:५१

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध चिकित्सक संगठनहरुले नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनको एजेण्डा राजनीतिक रहेकाले सहभागी नहुन आह्वान गरेका छन् । तत्कालीन एमालेनिकट राष्ट्रिय चिकित्सक संघ नेपाल र तत्कालीन माओवादीनिकट नेपाल प्रगतिशील चिकित्सक संघले संयुक्त विज्ञप्ति जारी गरी अस्पतालमा आन्दोलन औचित्यहीन रहेको बताएका हुन् ।

राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा।सन्तोष पौडेल र प्रगतिशीलका अध्यक्ष डा। माधव लम्सालले संयुक्त विज्ञप्ति जारी गरी नेपाल चिकित्सक संघका सीमित व्यक्तिले स्वघोषणा गरेको आन्दोलनका कार्यक्रममा समर्थन जनाउन नसकिने प्रष्ट पारेका छन् ।