लगनखेल स्थित एकेडेमी अफ कुलिनरी आर्ट्समा अन्तर्राष्ट्रिय खाना स्वादन उत्सव

१५ फाल्गुन २०७५, बुधबार १७:३१

ललितपुर, लगनखेल स्थित एकेडेमी अफ कुलिनरी आर्ट्स एण्ड हस्पिटालिटी म्यानेजमेन्टले इन्टरनेशनल फुड टेस्टिङ अन्तरराष्ट्रिय खाना स्वादन उत्सवको आयोजना गरेको छ । एकेडेमी अन्तर्गत संचालित उक्त खाना स्वादन उत्सव तेस्रो संस्करण हो । एकेडेमीले त्यहा अध्यनरत विधार्थीहरुले अध्ययन पस्चात विश्वबजारमा ब्यवसायीक रुपमा खरो प्रतिस्पर्धात्मक क्षमता प्रस्तुत गर्दै पाककला र आतिथ्यता ब्यवस्थापनको कार्यमा दक्षता पेश गर्न सकुन भन्ने उदेश्यका साथ उक्त उत्सवको आयोजना गरिएको एकेडेमी अफ कुलिनरी आर्ट्सका संस्थापक निर्देशक आसिश महर्जनले जानकारी दिए । शतप्रतिशत निपूर्णता नै एकेडेमीको मुख्य लक्ष्य रहेको महर्जनले बताए ।

एकेडेमीका वरिस्ट ब्यापार विकास सुपरिबेक्षक मेघना प्रधानका अनुसार यस खाना उत्सवले बिद्यार्थी एबम आगन्तुक पाहुनाहरुलाई फरक परिबेश र नौलो अनुभवको आभास दिलाउने बताईन ।

यस खाना उत्सवमा कोरियन, रसियन, ब्राजिल, मलेसियन र जर्मन खानाका विभिन्न परिकारहरु तयार पारि पाहुनाहरुलाई रु। ३५० मा नै पाच भिन्न देशका विविध पाकवानको स्वाद दिलाउने गरिएको छ । उत्सवमा बिद्यार्थीहरुले पाहुनाहरुको सेवा(सत्कार गर्दै नविनतम अनुभव हासिल गरिरहेका छन ।

एकेडेमीले गत फेब्रुअरी नौ तारिक देखी प्रत्यक हप्ताको शनिबार अन्तरराष्ट्रिय खाना स्वादन उत्सवको आयोजना गर्दै आएको छ । अप्रिल २७ सम्म आयोजनामा आउने उक्त खाना उत्सव आउदो बाँकी ९ हप्तान्त सम्म यवम् रितले प्रत्यक शनिबार उत्सव जारी रहने छ ।