मन्त्री रवीन्द्र अधिकारीसहित दिवंगत सातै जनाको अन्तिम श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान ८ बजे

१६ फाल्गुन २०७५, बिहीबार १६:३४

काठमाडौं , पोष्टमार्टम रिपोर्ट आउन ढिला हुने भएपछि मन्त्री रवीन्द्र अधिकारीसहित दिवंगत सातै जनाको अन्तिम श्रद्धाञ्जली भोलि शुक्रबार बिहानका लागि तय भएको छ । यसअघि आजै दिउँसो ३ बजेका लागि तय भएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान ८देखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा गरिने नेकपाले जनाएको छ ।मन्त्री अधिकारी र पीएसओ अर्जुन घिमिरेको शव पहिचान भए पनि बाँकीको शव पहिचान गर्न कठिन भएकाले पोष्टमार्टम रिपोर्ट आउन ढिला भएको हो । मन्त्री अधिकारीको शुक्रबार नै गृहनगर पोखरामा दाहसंस्कार गरिने नेकपाले जानकारी दिएको छ ।